Breaking News

सरकारमा बस्ने मात्र होइन, परिणाम दिनुपर्छः गगन थापा

Banner

काठमाडौं, वैशाख १५-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन्। कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘सरकार भनेपछि बस्नका लागि मात्र भएर हुँदैन, सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ। रिजल्ट चाहिन्छ। हामी त रिजल्टमा काम गर्न चाहन्छौं।’

अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा रहेको उल्लेख गर्दै महामन्त्री थापाले यो समीकरणलाई निरन्तरता दिइने पनि बताए। ‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं, कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ- हामी तलमाथि लाग्दैनौं, यसलाई सहज ढंगबाट अघि बढाउँछौं, तर यो समयको हामी प्रयोग गर्न चाहन्छौं,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>