चितवन विशेष

चितवनको सौराहामा बैशाख १२ र १३ गते रत्न बिज समिट आयोजना हुँदै

Banner

चितवन,बैशाख ९-

चितवनको सौराहामा रत्न बिज समिट (शिखर सम्मेलन) आयोजना हुने भएको छ । जेसिआइ रत्ननगरको आयोजनामा यही बैशाख १२ र १३ सौराहाको रोयल टाइगर लक्सरी रिसोर्टमा दोस्रो संस्करणको सम्मेलन आयोजना हुन लागेको हो । आयोजक जेसिआइ रत्ननगरले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गर्दै युवाहरुलाई व्यवसायमा आकर्षित गर्नका लागि उत्प्रेरणात्मक सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्व अर्थ सचिव मधुकुमार मरासिनी लगायतका उद्यमीहरुले उत्प्रेरणात्मक सेसन संचालन गर्ने जेसिआइ रत्ननगरका अध्यक्ष बाबुराम परियारले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको व्यापार परिदृश्य र अवसरका बिषयमा उद्योग बाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले आफ्नो प्रस्तुती र प्रशिक्षण दिनुहुनेछ । त्यस्तै पूर्व अर्थ सचिव मरासिनीले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा जानकारी दिनुका साथै सम्भावनाका बिषयमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नुहुनेछ ।

बहुराष्ट्रिय कम्पनी कोकाकोलाका उपव्यवस्थापक प्रकृती बस्याल, प्रशिक्षक क्षीतिज जंग थापा, उद्योग संघका पुर्व अध्यक्ष राजु पौडेल र नेपाल केरा उत्पादक महासंघका अध्यक्ष बिष्णुहरी पन्तले आफ्नो प्रेरणात्मक प्रस्तुती प्रस्तुत गर्नुहुने जेसिआइ रत्ननगरका महासचिव तथा कार्यक्रम संयोजक सौरभ रिजालले जानकारी दिनुभयो । उहाँले वर्तमान समयमा युवा व्यवसायीमा भइरहेको निराशालाई हटाउँदै उद्यमी बन्न चाहानेहरुका लागि नयाँ अवसर सृजना गर्नका लागि कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

यस्तै जेसिआइ रत्ननगरका पूर्व अध्यक्ष सुवास पोखरेलले कार्यक्रमले उद्योग व्यवसायमा लाग्न चाहानेलाई प्रेरणा र उर्जा प्रदान गर्ने बताउनुभयो । सम्मेलनमा चितवन, नवलपुर, मकवानपुर, कास्की लगायतका जिल्लाका उद्योगी व्यवसायीको सहभागिता रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>