चितवन विशेष

मेयर दाहाललाई हर्कको साम्पाङले भनेः भिजन भनेको के हो त्यो म सिकाउँछु

Banner

चितवन,बैशाख ८-

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चितवन महानगरपालिकाका मेयर रेनु दाहाललाई जवाफ स्वरुप स्टाटस लेखेका छन्। मेयर राईले ठूला योजना गर्नु पर्थौ भन्ने दाहालको अभिव्यक्तिमा राईले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जवाफ दिएका छन्। उनले दाहालका बुबा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा माग्दा २० लाख रुपैयाँ मात्रै छुट्याइदियो प्र‌संग निकाल्दै जवाफ दिएका हुन्। उनले भनेका छन्, रेनु दहालले मलाई ठूला योजना गर्नु पर्थ्यो भनेर भनेछ ! रेनुजी तपाईंको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्नेरु बाऊ ठीक रैन छ पार्टी ठीक रैछ छ त !

यस्तै मेयर राईले दाहालकै पार्टीका सुदन किराती मन्त्री हुँदा आफूले एयरपोर्ट मागेको तर प्रधानमन्त्री दाहालले विराटनगरमा छँदैछ किन चाहियो धरानमा भनेर फर्काइदिएको समेत जिकिर गरे। साथै दाहाल प्रधानमन्त्री हुँदा बजेट जति सबै आफ्नै छोरीको पालिकामा मात्रै खनाइदिएर विभेद गरेको आरोप पनि लगाएका छन्। उनले भने, एयरपोर्ट मागेको तपाईंकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाईंकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक्छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाईंको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे !

मेयर राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कुरा नगर्न पनि सुझाव दिएका छन्। उनले बालेनले आफ्नो महानगरमा भएको बजेटको २० प्रतिशत पनि खर्च गर्न सक्दैन भन्दै लेखेका छन‍्, बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथि छ ! पैसा २० प्रतिशत पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन ! स्वादेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन !  बिचरा तपाईंलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसक्यो भन्ने ! बिचरा…

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>