चितवन विशेष

नेकपा (एमाले) भरतपुर महानगरको अध्यक्षमा पुनः शंकर थपलिया निर्वाचित

Banner

चितवन,बैशाख ७-

नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शंकरराज थपलिया निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न दोस्रो महानगर अधिबेशनबाट थपलियाको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा दिलिप न्यौपाने, सचिवमा अशोक ज्ञवाली, उपसचिवमा गिता श्रेष्ठ, दयाराम चौधरी र लेखा कमिटी अध्यक्षमा होमकुमार शर्मा आचार्य निर्वाचित हुनुभएको छ । अधिवेशनले ९५ सदस्सीय कमिटी घोषणा गरेको छ । अधिवेशनको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>