Breaking News

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, अटाइनन् सुमना श्रेष्ठ (सूचिसहित)

Banner

काठमाडौं, बैशाख ४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेशमा इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सात प्रदेशमध्ये रास्वपाले एक प्रदेशमा मात्र महिला इन्चार्ज खटाएको छ । हालै सहमहामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठ भने अटाएकी छैनन् । प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकिएको झाले बताए ।

उनका अनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियारलाई तोकिएको छ । मधेश प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल इन्चार्ज तोकिएका छन् । यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्जमा हरि ढकाल तोकिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>