Breaking News

रास्वपाको महाधिवेशन फागुन ७, ८ र ९ गते चितवनमा हुने

Banner

चितवन,बैशाख ४-

राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको नयाँ मिति तोकेको छ । रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । यसअघि रास्वपाले यही वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

हालसम्म रास्वपाको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७ सयवटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ । ७ सय ५३ पालिकामध्ये ४ सय ५८ वटा पालिकामा समिति गठन भइसकेको छ । ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातवटै प्रदेशमा समिति गठन भएको छ ।

बैठकले सडक आन्दोलनमा रहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्न वैशाख १२ देखि सुरु हुने संघीय सदनको अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>