मनोरञ्जन
‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक
०

काठमाडौँ, वैशाख ४-
अरुणिमा लम्साल र बिमलेश अधिकारीको मुख्य भूमिका रहेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक भएको छ।
काठमाडौँमा आयोजित एक समारोहबीच यो ट्रेलर सार्वजनिक गरिएको हो। नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’ मा सार्वजनिक सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा समेटिएको छ।
सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिजमा बिमलेश अधिकारीको निर्देशन रहेको छ। यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो हप्ता एकै पटक १२ वटै एपिसोड स्ट्रिमिङ हुने बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























