Breaking News
दुर्गा प्रसाईंको म्याद थपका लागि बहस सकियो
०

काठमाडौँ, चैत २९-
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपका बहस सकिइसकेको छ । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार बहस सकिइसकेको हो । अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा प्रसाईं र उनका बडिगार्ड दीपक खड्काको म्याद थपका लागि बहस भएको थियो । अबको केहीबेरमा उनीहरूविरुद्ध म्याद थपको आदेश आउनेछ ।
प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























