चितवन विशेष

अभिभावक र विद्यार्थीको मन जित्दै स्मल हेभन

Banner

चितवन,चैत २९-

भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलले आधुनिक र सुविधासम्पन्न शिक्षण सिकाइ क्रियाकलापद्धारा अभिभावक र विद्यार्थीहरुको मन जित्दै आफ्नो नेतृत्व कायम गर्न सफल भएको छ । सुविधासम्पन्न भवन, स्मार्ट बोर्ड तथा पाँच बिघा परिसरमा फैलिएको सुन्दर र शान्त वातावरणमा अध्यापन गराउने स्कुलले नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु गरेको छ । स्कूलले भोलि (शनिवार) बिहान ११ बजे नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा लिदैंछ । प्री पाइमरी तह कक्षा १ भन्दा तलका कक्षाहरुमा खाना, दिवा खाजासहित भर्ना लिइने स्कुलका प्रिन्सिपल रामचन्द्र न्यौपानले बताए । उनले प्रवेश परीक्षाका लागि फारम वितरण भइरहेको केही सिट मात्र बाँकी रहेकाले समयमै सम्पर्क गर्न अनुरोध गरे ।

त्यसैगरी स्कुलमा कक्षा १ देखि ८ सम्म अतिरिक्त बिहानी कक्षा ऐच्छिकरुपमा सञ्चालन गरिने भएको छ । दिवा खाजा र अतिरिक्त कक्षाहरु पनि सञ्चालन गरिने स्कुलले जनाएको छ । स्कुलले कक्षा ९ र १० को लागि डे बोर्डस गरी बिहानदेखि साँझ ४ सम्म अतिरिक्त कक्षा सञ्चालन गरिने प्रिन्सिपल न्यौपानेले बताए । विद्यार्थीहरुलाई विद्यालयमा नै खानाको व्यवस्था गरिएको छ । फुटबल, क्रिकेट, एथलेटिक्सलगायतका विभिन्न खेलकुद अभ्यास र जिल्लास्तरीय प्रतियोगिता नियमित सञ्चालन गरिँदै आएको छ ।

स्कुलले आधुनिक र प्रविधिमैत्री शिक्षण क्रियाकलाप गराउने गरेको छ भने दक्ष र अनुभवी शिक्षक शिक्षिकाद्धारा प्रध्यापन गराउँदै आएको छ । स्कुल पटक पटक राष्ट्रिय र जिल्ला बोर्डमा पर्न सफल भएको छ । गतबर्षको एसइई परीक्षामा ३३ जना विद्यार्थीले ए प्लस नतिजा ल्याउन सफल भएको प्रिन्सिपल न्यौपानेले बताउनुभयो । कक्षा ११ र १२ मा व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट र कम्पुटर विज्ञान विषयमा अध्यापन गराइरहेको छ ।

स्कुलले बालबालिकाहरुलाई शिक्षा ऐन अनुसार छात्रवृत्तिको व्यवस्था गरेको छ । काठमाडौँको लिटल एन्जल्स स्कुलको व्यवस्थापनमा सञ्चालित स्कुलमा हरेक तहमा कोअर्डिनेटर र इन्चार्जहरुको व्यवस्था गरिएको छ ।

स्कुलले हरेक शुक्रबार अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरेर व्यवहारिक शुक्रबार कार्यक्रम सञ्चालन गरिरहेको प्रिन्सिपल न्यौपानेले बताए । उनले भने, ‘बालबालिकाले विद्यालय आउँदा बोक्न नसक्ने झोलालाई यसपटक हल्का बनाउनेछ । तहगत भौतिक संरचना र शैक्षिक वातावरणको हिसाबले विद्यालय व्यवस्थित रहेको छ । बालबालिकाको मनोविज्ञानलाई बुझेर अध्यापन गराउनको साथै उनीहरुको शैक्षिक, शारीरिक र मानसिक विकासमा विद्यालयले प्रभावकारी भूमिका खेल्नेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area