चितवन विशेष

नारायणगढको क्याम्पाचौरमा आजदेखि मेड इन नेपाल एक्स्पो,मेयर दाहालले उद्घाटन गर्ने

Banner

चितवन,चैत २९-

नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरको आयोजनामा नारायणगढको क्याम्पा चौरमा आजदेखि ‘बाह्रसिंगे मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ हुँदै छ । फुड फेस्टिभलको तयारी सकिएको आयोजकले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहान ११ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नयाँ वर्ष २०८२ सालको अवसरमा हुन लागेको एक्स्पो एण्ड फुड फेस्टिवल वैशाख २ गते समापन हुने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष तथा फुड फेस्टिभल संयोजक उमेश श्रेष्ठले जानकारी दिए । एक्स्पोमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपालमा उत्पादित वस्तुको प्रदर्शनी हुनेछ । साँझ ६ बजेदेखी राति ९ बजेसम्म फुड फेस्टिभलसँगै कन्सर्ट हुनेछ । साँझ छ बजेपछि टिकट लागु हुनेछ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म एक्स्पो अवलोकन गर्दा कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए । एक्स्पोमा देशका विविध जातीयता र क्षेत्रीय भान्साका विभिन्न परिकारहरुको प्रदर्शनी गरिने छ । फुड फेस्टिवल तथा कन्सर्ट हेर्नका लागि भने टिकटको व्यवस्था गरिएको छ । खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्दा प्रति टिकट ३०० रुपौयाँ लाग्ने छ भने सोहीदिन एप मार्फत वा काउन्टरबाट टिकट किन्दा ५०० रुपैयाँ शुल्क लाग्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>