Breaking News

चितवनको अपराजित यात्रा अन्त्य गर्दै ललितपुर शीर्ष स्थानमा उक्लियो

Banner

चितवन,चैत २९-

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा अपराजित रहँदै आएको एफसी चितवनलाइ हराउँदै साविक विजेता ललितपुर सिटी एफसी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न चौथो खेलमा ललितपुरले २-१ रोमाञ्चक जित निकाल्यो। दोस्रो जित निकालेको ललितपुर आठ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लियो। समान खेलबाट सात अंक रहेको चितवन दोस्रो स्थानमा झर्‍यो।

ललितपुरको जितमा इमोह इजेकियल र मणिकुमार लामाले समान १-१ गोल गरे। चितवनका लागि भिक्टर मानसरेले एक गोल गरेका थिए।पहिलो हाफमा ललितपुरले दबाब बनायो। उसले खेलको तेस्रो मिनेटमै गोल गर्न सफल भयो। लामाले गरेको लामो फ्रिकिकलाई इजेकियले आकर्षक हेड गर्दै गोलमा परिणत गरेका थिए।

त्यसपछि अधिकांश समय १-० को अग्रता बनाएको ललितपुरविरुद्ध ७५ औँ मिनेटमा चितवनले खेल बराबरीमा ल्यायो। उसका लागि भिक्टरले गोल गरेका थिए। ललितपुरले अग्रता भने ८० औँ मिनेटमा लियो। उसका मणि लामाकै कर्लिङ फ्रिकिकलाई चितवनका डिफेन्डर जोनाथन क्याम्पेबलमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>