चितवन विशेष
मौलाकालिका अस्पतालमा बैशाख १ गतेदेखि ओपिडि र अस्पताल सेवामा २५ प्रतिशत छुट

चितवन,चैत २८-
चितवनको भरतपुर ११ बाइपासरोडमा रहेको मौलाकालिका अस्पतालले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा बिरामीका लागि छुट उपलब्ध गराउने भएको छ । अस्पतालले बैशाख १ गतेदेखि १० गतेसम्म ओपिडि र अस्पताल सेवामा २५ प्रतिशत छुट दिने भएको हो । अस्पतालले माघ २१ गतेदेखि मालपोत चोकबाट पूर्वपट्टी बनेको नयाँ भवनबाट सेवा दिइरहेको छ । १०० शैयामा स्तरोन्नती गरिएको नयाँ भवनबाट सेवा प्रदान गरेपछि विरामीलाई उपचारका लागि सहज भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा पर्याप्त पार्किङ सुविधा र उच्चस्तरीय उपचार प्रविधि रहेको छ । अस्पतालमा जलन (बर्नवार्ड), प्लास्टिक सर्जरी, अंको सर्जरी (स्तन क्यान्सर), युरोलोजी, कार्डियोलोजी, स्पाईनल सर्जरी, न्यूरो सर्जरी, बाल मनोचिकित्सक सेवा सञ्चालन गर्दै आएको डा रमेश घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी अस्पतालले इन्टरभेन्सन पेन स्पेशलिष्ट (दुखाई विशेषज्ञ), स्त्री–प्रसुती तथा प्रजनन् रोग, एनेस्थेसिया, जनरल सर्जरी, रेडियोलोजी, जनरल मेडिसिन, हार्डजोर्नी तथा नसा रोग, नवजात शिशु तथा बालरोग, मनोरोग, दन्तरोग, यौन तथा छाला रोग सेवा दिंदै आएको उहाँले बताउनुभयो । फिजियोथेरापी, प्याथोलोजी (माईक्रोबायोलोजी–हेमाटोलोजी) सेवा पनि अस्पतालले दिंदै आएको छ ।
२४ घण्टा इमर्जेन्सी र एम्बुलेन्स सेवा रहेको अस्पतालमा सामाजिक सुरक्षा कोषबाट उपचार गर्ने व्यवस्था रहेको अस्पतालका डा घिमिरेले बताउनुभयो । अस्पतालमा दुरविन प्रविधिबाट मुत्रासय (पत्थरी र पित्तथैली)को चिरफार विना शल्यक्रिया हुने गरेको उहाँको भनाई छ । आठ शैयाको एनआईसियू, पाँच शैयाको पिआईसियू, १० शैयाको एचडियु र सात शैयाको आईसियु सेवा रहेको अस्पतालमा तीन वटा मोडुलर ओटी (आधुनिक शल्यक्रियाकक्ष) रहेका छन् ।
अस्पतालमा प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, क्लोनोस्कोपी, ईको (फिटल), ईसिजी, ईईजी लगायतका सेवा समेत उपलब्ध रहेका छन् । आफ्नै फार्मेसी रहेको अस्पतालमा चौबीसी घण्टा चिकित्सक उपलब्ध हुने गरेको डा घिमिरेको भनाई छ ।