चितवन विशेष
टिकौली जंगलमा ट्रक र बोलेरो ठोक्किए
०

चितवन,चैत २८-
चितवनको भरतपुर महानगरपालिका १२ टिकौली जंगलमा ट्रक र जिप ठोक्किएका छन् । टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ग २ ख १५७९ नम्बरको ट्रक र विपरीत दिशावाट आउँदै गरेको ना २ च ८४४७ नम्बरको बोलेरो जिप आज बिहान करिब पौने चार बजे ठोक्किएका हुन् ।
दुर्घटनामा ट्रक चालक तनहुँका २६ वर्षीय राजन परियार सामान्य घाइते भएका छन् । उनको दायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका लागि प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























