Breaking News
जेल जाँदाजाँदै रविको चेतावनीः पालो सबैको आउँछ
०

काठमाडौं, चैत २५-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन् । आज कारागार चलान हुनुअघि उनले तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने बताए ।
रविले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुनेछन् ।’
पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन उनले आग्रह गरेका छन् । ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्, अभियानलाई जनताको बीचमा पुर्याउनुस्’, उनी भन्छन् ।
आफूमाथि राजनीतिक प्रतिशोध भएको रविको गुनासो छ ।
‘पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ’, उनले भने ।
फाइल तस्बिर