चितवन विशेष

जापनिज रेष्टुरेन्टका प्रतिनिधिले भोलि भरतपुरमा जापनिज खाना “सुसी” बनाउने,अन्तरवार्तामा छनोट भएकालाई जापान लैजाने

Banner

चितवन,चैत २५-

जापनिज खाना “सुसी” बनाउन जापनिज रेष्टुरेन्टका प्रतिनिधिहरु भोली (मंगलबार) चितवन आउने भएका छन । भरतपुर ओरालो (भाटभटेनी अगाडि) रहेको सिन्फा नेपाल एजुकेशन ट्रेनिङ सेन्टर प्रालीको आयोजनामा “सुसी” बनाउने कार्यक्रम राखिएको छ । भरतपुर १० को सप्तगण्डकी चोक नजिकै रहेको होटल तन्दुरी प्यालेसमा बिहान १० बजेदेखि ३ बजेसम्म कार्यक्रम आयोजना हुनेछ ।

सिन्फा नेपालले जापान जान चाहानेहरुका लागि भाषा कक्षा संचालन गर्दै आइरहेको छ । जापनिज रेष्टुरेन्टका प्रतिनिधिले सिन्फामा भाषा कक्षा पढेकाहरुलाई अन्तरवार्ता लिने र जापान लैजाने सिन्फा नेपाल एजुकेशन ट्रेनिङ सेन्टरका प्रिन्सिपल अर्जुन रेग्मीले बताउनुभयो । उहाँले सिन्फाबाट भाषा कक्षा पढेर धेरै विद्यार्थी जापान गएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>