Breaking News

चितवनबाट रास्वपाले शुभारम्भ गर्‍यो ‘जनयात्रा’

बदला लिने नियतले रविलाई रातारात पक्राउ गरियोः वाग्ले

Banner

चितवन,चैत २३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् । आजको यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो । लामिछाने शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उहाँ अहिले प्रहरीको हिरासतमा हुनुहुन्छ । लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले सेखी झार्ने र बदल लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको जिकिर गर्नुभयो । ’यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो। त्यसैलाई पुनरावृत्त गर्न खोजिएको छ,’ उहाँले भन्नुभयो । अदालतको आदेशपछि जानकारहरूसँग कुरा गर्दा उच्च अदालतले जिल्ला अदालतलाई जानकारी गराउने र त्यसपछि प्रहरी हुँदै प्रक्रियामा जान्छ भन्ने बुझेको उहाँले बताउनुभयो । ’त्यसो हुँदा सोमबारसम्म समय हुने र तारेख बुझ्न जाँदा सभापति लामिछानेले आफै जानकारी गराउन सक्ने भनिएको थियो। तर उल्टो भयो,’ उहाँले भन्नुभयो । तर लामिछाने हतास नभएको वाग्लेले बताउनुभयो ।

यस्तै नेता बिराजभक्त श्रेष्ठले सभापति लामिछाने पक्राउ परेपनि पार्टीका गतिविधि नरोकिने बताउनुभयो । उहाँले कार्यकर्तालाई बेतिथिका बिरुद्ध डटेर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सांसद हरि ढकालले आफ्ना सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ सुनाएका सुनाउनुभएको थियो । उहाँले सभापति लामिछानेलाई राज्यले ५/७ वर्षदेखि नै लखेटिरहेको जिकिर गर्नुभयो । ‘एक जना व्यक्तिलाई राजयले पटकपटक लखेटिरहेको छ । विगत ५/७ वर्षदेखि देखिरहेका छौं । टिभी हुँदा कोठाबाटै समातेर ल्याए । चितवनले सशक्त विद्रोह गरिदियो । वर्षौं पहिला नै रविलाई चितवनले न्याय दिलायो,’ उहाँले भन्नुभयो । वर्तमान सरकारले लखेट्न नहुने व्यक्तिलाई लखेटिरहेको उहाँको भनाइ थियो । ‘यिनीहरूले लखेट्नै नहुनेलाई लखेटिरहेका छैन । यिनहिरूलाई हेक्का छैन । न्यायलयको प्रक्रिया,’ ढकालले भन्नुभयो, ‘न्यायलयको आदेश मान्छु भनेर हार्दिकता देखाउँदा देखाउँदै १० बजे नै पक्राउ गर्नपर्ने । त्यो पनि बेडरुमसम्मै पुगेर दुव्र्यवहार गरियो ।’ उहाँले चितवनबाटै यसअघि रविले न्याय पाएको उल्लेख गर्दै उहाँले अन्तिम इच्छा’ के छ भन्ने पनि चितवनबाटै सुनाउने बताउनुभयो । ‘जुन शैलीसँग अन्तिम इच्छा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ । यो पार्टीको रणमैदानबाट रवि लामिछानेको अन्तिम इच्छा के छ सुन्न तयार हुनु भन्न चाहन्छु,’ उहाँले भन्नुभयो । लगत्तै उहाँले सुनाउनुभएको छ ‘यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने मन छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>