चितवन विशेष

एनएसएल फुटबलः चितवनको लगातार दोस्रो जित

Banner

चितवन,चैत २१-

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ ।दशरथ र ङ्गशालामा आज भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो ।

चितवनको जितमा टोरिक जेब्रिनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक सावित भयो । जितसँगै चितवनले दुई खेलबाट ६ अङ्क बनाएको छ । यता तीन खेलमा बुटवलको भने एक अङ्क मात्र छ । बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा धनगढी एफसीसँग ४–१ गोल अन्तरले हारेको थियो ।

उक्त प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थन्डर्स र काठमाडौँ रेजर्सबीच हुनेछ । दोस्रो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>