चितवन विशेष
नेपाल जेसीजका शाखा अध्यक्षहरुको दुई दिने भेला चितवनमा सकियो

चितवन, चैत १९–
नेपाल जेसीजले शाखाहरुका लागि राखेको दुई दिने भेला चितवनको भरतपुरमा सम्पन्न भएको छ । भरतपुरको यज्ञपुरीमा भएको भेलामा विभिन्न विषयमा प्रशिक्षण तथा छलफल भएको थियो ।
चिफ ट्रेनरको रुपमा जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सुरेन्द्र कुमार महतो चिफ ट्रेनरको रुपमा प्रशिक्षण दिएका थिए भने पूर्व अध्यक्ष विकल शेरचन पनि विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । यस्तै एउटा सत्र ‘नेपालमा देखिएको व्यवसायको अवस्था’ विषयमा प्यानल छलफल गरिएको थियो । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, मधेश विश्वविद्यालयका उपकुलपति प्रोफेशर डा.दीपक बहादुर शाक्य, बञ्जी जम्प गराउने दि क्लिफ प्रा.लि.का प्रबन्ध निर्देशक राजन कुमार जोशी सहभागि थिए । उनीले नेपालमा व्यवसायको संभावना, चुनौति र वर्तमान अवस्थाको बारेमा चर्चा गरेका थिए । उक्त छदफलको सहजर्कताको भूमिका नारायणगढ जेसीजका पूर्व अध्यक्ष अमर घिमिरेले निर्वाह गरेका थिए ।
भेलाको समुद्घाटन समारोहको प्रमुख अतिथि बागमती प्रदेशका सांसद इन्द्र बानियाँ रहेका थिए भने समापन सरोहको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य शंकर भण्डारी रहेका थिए । समापन समारोहमा बोल्दै उनले अब देशको नेतृत्व युवाहरुले गर्नुपर्ने औल्याएका थिए । नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा भएको भेलाको संयोजन तथा आतिथ्यता अध्यक्ष रविन्द्र श्रेष्ठसहितको नारायणगढ जेसीजले गरेको थियो ।
भेलामा १८४ जना शाखा अध्यक्षसहित २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।