चितवन विशेष
टेस्ला एसीको नयाँ वर्ष योजनाः भाग्यशाली सात जोडीलाई ‘बाली टुर प्याकेज’

चितवन, चैत १९-
टेस्ला एसीले नयाँ वर्ष २०८२ लाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ । नयाँ वर्षमा नयाँ उमंगका लागि टेस्लाले अन्तर्राष्ट्रिय टुर प्याकेज ल्याएको हो । यो योजना चैत २० गतेदेखि आगामी वैशाख ३१ गतेसम्म लागु हुने छ । योजनामा देशभरका हरेक डिलरबाट पहिलो २० जना ग्राहक मात्रै सहभागी हुन पाउनेछन् भने २० जनामध्येबाट गोलप्रथाबाट छनौट भएका एक जना भाग्यशाली जोडीले बाली टुर प्याकेज जित्नेछन् ।
भाग्यशाली सात जोडीले दुई रात तीन दिनको बाली टुर प्याकेज जित्ने भू–लक्ष्मी ग्रुप प्रालीका सिइओ किरण आचार्यले जानकारी दिए । गोलाप्रथाको निर्णय आगामी जेठ १ गते हुनेछ । योजनाको नतिजा सार्वजनिक गरिएको तीन दिनभित्र भाग्यशाली जोडीको आवश्यक डकुमेन्ट डिलरले कम्पनीलाई बुझाउनुपर्ने छ ।
आवश्यक सबै डकुमेन्ट पाएको ३० दिनभित्र कम्पनीले भाग्यशाली जोडीलाई बाली टुरको लागि बिदाई गर्ने छ । यो योजना नेपालभरको डिलरबाट उपलब्ध हुनेछ । भाग्यशाली जोडीले आफ्नो व्यक्तिगत कारणले भिसा नपाएमा कम्पनी जवाफदेही नहुने र बाँकी १९ जनामध्येबाट पुनः भाग्यशाली जोडी छनौट गरिने कम्पनीले जनाएको छ ।