Breaking News
दुर्गा प्रसाईं छिट्टै पक्राउ पर्छन्ः गृहमन्त्री
०

काठमाडौँ, चैत १६-
गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा हिंसा भड्काएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको खाजी तीव्र रूपमा भइरहेको बताएका छन्।
तीनकुने क्षेत्रमा राजावादीले गरेको विध्वंस अवलोकनका लागि शनिबार बिहान घटनास्थल पुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन्।
‘खोजी भइरहेको छ, छिट्टै पक्राउ पर्नुहुन्छ’, लेखकले भने। राजसंस्था पुनस्स्थापनाका लागि आन्दोलन गर्ने नाममा शुक्रबार तीनकुनेमा भएका हिंसात्मक घटनाका मुख्य योजनाकारमध्ये एक प्रसाईँ हुन्।
तीनकुनेमा हिंसा, लुटपाट र आगजनी गराएर फरार भएका प्रसाईं अझै पक्राउ पर्न सकेका छैनन्।