Breaking News

किन बढाइयो पूर्वराजा ज्ञानेन्द्र निवास वरिपरि सुरक्षाकर्मीको तैनाथी ?

Banner

काठमाडौँ,चैत १५-

राजसंस्था पक्षधरको आन्दोलनका क्रममा शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनापछि निर्मल निवास वरिपरि सुरक्षा तैनाथी बढाइएको छ। निर्मल निवास पूर्वराजा ज्ञानेन्द्र शाहको निजी निवास हो। पछिल्लो समय विकसित घटनाक्रमपछि निर्मल निवास वरिपरि सुरक्षाकर्मीको उपस्थिति बढाइएको हो। शुक्रबार भएको राजसंस्था पक्षधरको आन्दोलनका क्रममा तीनकुने क्षेत्र दिनभर तनावग्रस्त भएको थियो। त्यसक्रममा दुई जनाको मृत्युसमेत भएको छ।

प्रहरीको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ भने एभिन्युज टिभीका पत्रकार सुरेश रजकको आगजनी भएको घरमा जलेर मृत्यु भएको छ। अवस्था नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने, कोटेश्वर, सिनामंगल, बानेश्वरलगायतका क्षेत्रमा कर्फ्यूसमेत लगाएको छ।

कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन गरिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>