Breaking News
राजावादीको आन्दोलनः गोली लागेर काठमाडौंमा १ जनाको मृत्यु
०

काठमाडौं,चैत १५-
काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जन रहेका गृह मन्त्रालयले जनाएको छ । राजावादीको प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा गृहका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव छवि रिजालले महर्जनको शुक्रबार साँझ मृत्यु भएको जानकारी दिए ।