Breaking News

प्रचण्डलाई ओलीको प्रश्न- खेतमा पानी लगाउने र बाख्रो किन्ने कुरा कसरी जोडियो ?

Banner

काठमाडौं, चैत १४-

प्रधानमन्त्री केपी शर्मा ओलीले तमा पानी लगाउने र बाख्रो किन्ने कुरा कसरी जोडियो भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

आज शान्ति प्रक्रियासम्बन्धी सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया पूरा गर्ने सम्बन्धमा भएको सहमतिलाई कुलमान बर्खास्ती प्रकरणसँग जोड्न खोजेकोमा प्रचण्डको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीले यी दुवै फरक विषय भएको बताए ।

ओलीले भने, ‘हिजो-अस्ति मैले सुनेँ, शान्ति प्रक्रियाका लागि छलफल गर्न भनेर बोलाए, अनि सिफारिस समिति बनाएपछि एक जना कर्मचारीले ठिक काम गरेन भनेर निकालेछन्, यस्तो धोका । कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा ? अर्कै-अर्कै कुरा हो त शान्ति प्रक्रिया र एउटा कर्मचारीले राम्रो काम गरेन भनेर कारबाही गरेको कुरा । कहाँबाट जोडिन आयो ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>