Breaking News
कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान पुगे सर्वोच्च
०

काठमाडौं,चैत १३-
सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाई सो ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरी सर्वोच्चमा रिट दायर गरेका छन् । तर रिट भने दर्ता भएको छैन । बुधबार समय नपुगेकाले रिट दर्ता नभएको सर्वोच्च स्रोतले जनाएको छ । प्रतिनिधिमार्फत घिसिङको रिट पाँच बजे सर्वोच्च पुगेको थियो । रिटमा आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न माग गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























