Breaking News

पदबहालीपछि शाक्यको घोषणाः अबको दुई हप्तामा रिजल्ट दिन्छु, लोडसेडिङ हुँदैन

Banner

काठमाडौं,चैत १२-

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अबको दुई हप्ताभित्र नतिजा आउने गरी काम गर्ने घोषणा गरेका छन्। मंगलबार प्राधिकरणमा पदबहाली गरेसँगै पत्रकारहरूसँग कुरा गर्दै शाक्यले लोडसेडिङ हुने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका हुन्।

उनले आफूले बल्ल न्याय पाएको छ अनुभूति भएको पनि बताए। अघिल्लोपटक नियुक्ति पाउँदा ६ महिना नपुग्दै जिम्मेवारी अन्त्य गरिएको थियो। साढे तीन वर्ष न्यायका लागि अदालतको ढोका ढकढकाउँदै थिएँ। म अदालत न्यायका लागि गएको थिएँ। माघ २५ मा मेरो नियुक्तिको समय सकिएको र अब औचित्य सकियो भन्नेर त्यसै सक्काइयो,उनले भने, आज पुनः नियुक्ति हुँदा न्याय पाएँ भन्ने अनुभूति भएको छ।

ऊर्जा क्षेत्रमा ३३ वर्ष काम गरेको अनुभवको आधारमा काम गरेर नतिजा दिने उनको भनाइ छ। त्यस्तै उनले प्राधिकरणमा बाहिरबाट हेर्दा सबै ठिकै देखे पनि भित्र संकट रहेको जानकारी आफूले पाएको बताए। ३३ वर्षको अनुभव, प्राविधिक दक्षतालाई आधार मानेर अब यहाँ काम गर्नेछु। ऊर्जा क्षेत्रमा केही ठूला चुनौती छन्। हेर्दा बाहिर सबै ठिक छन् भन्ने देखे पनि ठूला समस्या भएको जानकारी पाएको छु,उनले भने, त्यसलाई सबै साथीहरू मिलेर संस्थालाई प्राथमिकता दिएर हल गर्नेछौँ।

ऊर्जामन्त्रीले नै राष्ट्रियसभामा गएर अब लोडसेडिङ हुँदैछ भनेर गरेको घोषणालाई उनले खण्डन गरे। ०७७ सालको उदाहरण दिँदै उनले भने,०७७ सालमा पनि यस्तै हल्ला गरिएको थियो। त्यो वर्ष नाफा कम भयो। तर लोडसेडिङ भएन। अहिले पनि त्यस्तै हो। लोडसेडिङ हुँदैन। एक दुई हप्ताभित्र रिजल्ट दिन्छु। उद्योगमा वर्षमा एक दिनभन्दा लोडसेडिङ नहुने गरी काम गर्नेछु। उनले अबको चुनौती लोडसेडिङ नभएको र विश्वसनीय बिजुली वितरण भएको पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area