चितवन विशेष
कांग्रेस चितवनले सदस्यता नविकरण अभियान संचालन गर्ने

चितवन, चैत १२–
नेपाली कांग्रेस चितवनले सदस्यता नविकरण अभियानको दोश्रो संस्करण संचालन गर्ने भएको छ ।
जिल्लाका ९८ वटै वडामा चैत १६ गते देखि २६ गते सम्म अभियान संचालन हुने नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले जानकारी दिए । पार्टीको गत फाल्गुन १८ गतेको वैठकको निर्णय अनुसार सचिव पोखरेलको संयोजकत्वमा सात सदस्यीय क्रियाशील सदस्यता नविकरण समिति गठन गरी अभियानको तयारी गरिएको हो । १५औ महाधिवेशन प्रयोजनका लागि आधार स्तम्भको रुपमा रहेको सदस्यता नविकरणका क्रममा तीन प्रकारका सदस्य विध्यमान रहेको चितवन काँग्रेसले जनाएको छ ।
अघिल्लो पटकको अभियानमा नविकरण गराएका करिब अठार हजार सदस्य, नविकरण छुट भएका चौंधों महाधिवेशनका क्रियाशील सदस्य र त्यसभन्दा पहिलाका क्रियाशील नविकरण छुट भएका सबै सदस्हरुलाई एकै साथ नविकरणको लागि आह्वान गरिएको छ । पुरानो सदस्यता नविकरण सकिएपछि आवश्यकताको आधारमा नयाँ क्रियाशील सदस्यता वितरण गरिने जिल्ला सभापति राजेश्वर खनालले बताए ।
नविकरण अभियानलाई व्यवस्थित र पारदर्शी वनाउनका लागि जिल्ला समितिले क्षेत्रगत रुपमा अभिमुखिकरण कार्यक्रम समेत आयोजना गरेको छ । नविकरण अभियानका संयोजक पोखरेलका अनुसार तीन वटै क्षेत्रमा वडा सभापति, पालिका सभापति, प्रदेशसभा सभापति र क्षेत्रीय सभापतिको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । उहॉंका अनुसार चैत्र १४ गते क्षेत्र नम्बर १ र चैत्र १५ गते क्षेत्र नम्वर २ र ३ मा नवीकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
अभिमुखिकरण कार्यक्रमको अध्यक्षता सम्वन्धित क्षेत्रीय सभापतिले गर्नेछन् भने पालिका सभापति,प्रदेशसभा सभापति र जिल्ला प्रतिनिधिहरुले नवीकरण अभियानको अनुगमन गर्नेछन ।