Breaking News
अहिले मैले बोलेँ भने दुईतिहाईको सरकारलाई गाह्रो पर्लाः रवि
०

काठमाडौँ, चैत ८-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति रवि लामिछानेले आफूले बोले दुईतिहाईको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले चुप बसेको बताएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बोल्न समय नजिक आउँदै गरेको बताए । उनले भने, ‘अहिले मैले बोलेँ भने दुईतिहाईको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको होला। जब बोल्ने समय आउँछ तब केहीको बोल्ती चैं बन्द हुने अवस्था आउँछ । म आवेग र उत्तेजनामा छैन ।’
अहिले सरकार नांगिएको दाबी गर्दै उनले सरकारको लाज छोपिदिनमात्र विभिन्न जिल्लाका अदालत पुगिरहेको बताए । उनले भने, ‘समय आउँदैछ, म सबैलाई भन्न चाहान्छु गेट रेडी फर द रेभुलेशन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























