बलिउड/हलिउड

पहिलोपटक स्टेडियम शो गर्दै दुर्गेश

Banner

काठमाडौं, चैत ८-

कलाकार दुर्गेश थापाले पहिलोपटक स्टेडियम शो गर्ने भएका छन् । दशरथ रंगशालामा दुर्गेशले पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।

नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउनेछन् । “सुपर लिगको ओपनिङमा गीत गाउने कार्यक्रम छ । यो मेरो पहिलो स्टेडियम शो हुनेछ,” दुर्गेश बाह्रखरीसँग भन्छन्, “स्टेजमा थुप्रै प्रस्तुति दिइयो, यो भने पहिलो स्टेडियम शो हुनेछ ।”

केही नयाँ अनुभव हुने अपेक्षा रहेको उनले बताएका छन् । ‘नेसनल सुपर लिग’ चैत १६ गते सुरु हुँदै छ । सोही दिन दुर्गेशले १५ हजारभन्दा रहेका दर्शकमाझ गीत गाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area