Breaking News

बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छः सभापति देउवा

Banner

काठमाडौं, चैत ६-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताएका हुन् ।

संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको उनको भनाइ छ ।

‘कुनै पनि पार्टीको बहुमत आउन धेरै गारो छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसैले हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत ल्याउन सकेको छैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>