मनोरञ्जन
एसईई परीक्षा अवधिभर दुर्गेसले कुनै स्टेज कार्यक्रम नगर्ने,विद्यार्थीलाई दिए सफलताको शुभकामना

काठमाडौँ, चैत ६-
दिनदिनै स्टेज कार्यक्रममा व्यस्त दुर्गैश थापाले एसईई परीक्षा अवधिभर आफुले कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन । पछिल्लो समयका चर्चित स्टेज प्रफोमर्स उनले विद्यार्थीको परीक्षालाई लक्षित गरेर यस्तो घोषणा गरेका हुन । २ महिनाअघि दुर्गेश थापा युट्युब च्यानलबाट रिलिज गरिएको ‘दुश्मन हेरेको हे¥यै’ ले लोभ लाग्दो चर्चा पाएसँगै गत माघ महिनादेखि विभिन्न मेला महोत्सवमा प्रस्तुती दिदैँ आएका थिए । तर, भोलि (बिहीबार) बाट राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले लिने माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुने भएपछि दुर्गेशले एक विज्ञप्ती जारी गर्दै देशै भर कुनै स्टेज कार्यक्रम नगर्ने घोषण गरेका हुन् ।
दुर्गेसले विज्ञप्तीमा भनेका छन्, ‘शिक्षा जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो। यतिबेला हजुरहरु आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्जल भविष्यको बाटो कोर्दै हुनुहन्छ । हजुरहरु सबैजनालाई सफलताको धैरै शुभकामना। हजुरहरूको सफलता नै, मेरो सफलता हो। म जुनसुकै स्थानमा भए पनि, जति नै ठूलो मञ्चमा उभिए पनि, मेरो वास्तविक शक्ति हजुरहरूकै माया र विश्वास हो। आज म जहाँ छु, त्यो हजुरहरूकै कारण ले छु। मलाई फेरि कमब्याक गराउने, मलाई माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरूपि साना फ्यान हजुरहरू हुनुहुन्छ। हजुरहरूको हौसला, हजुरहरूको ऊर्जा, अनि हजुरहरूको साथले नै मलाई उचाइमा पुर्याएको हो। त्यसैले, जब हजुरहरूका लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ।
एसइई परीक्षा हजुरहरूको जीवनको महत्वपूर्ण घडि हो। केवल मनोरञ्जनमा मात्र होईन हजुरहरूको उज्ज्वल भविष्यका लागिपनि म सधैं हजुरहरुकै साथमा हुनेछु। यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमकालागी कल आईरहेको छ तर यदि म कार्यक्रम गर्दै हिंडें भने, त्यो कमाइले हजुरहरूको पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ। मेरो सफलताभन्दा हजुरहरूको सफलता ठूलो हो। त्यसैले, क्भ्भ् परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु। साथै क्भ्भ् अवधिभर सञ्चालनहुने कार्यक्रमको लागी मलाई सम्पर्क नगर्नुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति माफि चाहान्छु।
प्रिय भाइबहिनीहरू, परीक्षा भनेको केवल अंक ल्याउने माध्यम होइन, यो हजुरहरूको मेहनत र इमानदारीको परिक्षा हो। आत्मविश्वासका साथ, धैर्य राख्दै, आफ्नो लक्ष्यप्रति समर्पित हुँदै अगाडि बढ्नुस्। मलाई विश्वास छ–हजुरहरू सबै असल नतिजा ल्याएर हाम्रा अभिभावक, शिक्षक र देशलाई गर्व गराउनुहुनेछ। “पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन। सफलता हजुरहरूकै हातमा छ यसलाई मजबुत बनाउनुहोस“ । एसईई परीक्षा दिन सम्पूर्ण भाइबेनिहरुलाई मनदेखि शुभकामना ।’

























