चितवन विशेष

मनहरीमा बसले स्कुटरलाई ठक्कर दिँदा चितवनका बरामुको मृत्यु

Banner

चितवन, चैत ५–

पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका–६, भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा चितवनका एक युवकको मृत्यु भएको छ ।

हिजो अपरान्ह ५ः३० बजेको समयमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा ४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ आउँदै गरेको बा.प्र.०६–००२प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने बर्ष २८ का आकास बरामुको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । टाउकोमा चोट लागेर गम्भिर घाइते भएका बरामुको उपचारको क्रममा चितवन मेडिकल कलेजमा राति ११ः४४ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरमा सवार सुनसरीको ईटहरी उपमहानगरपालिका–७ बस्ने वर्ष २८ का बुद्ध लामा गम्भिर घाइते छन् । उनको चितवन मेडिकल कलेजमै उपचार जारी छ ।

दुर्घटना पछि फरार भएका बसका चालक उदयपुर चौरण्डी गढी नगरपालिका–७ बस्ने बर्ष ३१ को नबिन थापालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बस चालक थापालाई आज विहान १०ः४५ बजेको समयमा मनहरी बजारबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>