मनोरञ्जन

सञ्जीवनीले गाइन् ‘माइतीघर’को गीत

Banner

काठमाडौँ, चैत ४-

फिल्म ‘माइतीघर’को शीर्ष गीत रेकर्ड गरिएको छ । भारतीय गायिका सञ्जीवनीको स्वरमा गीत मुम्बईमै रेकर्ड गरिएको हो ।

यसको जानकारी फिल्म निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालबाट दिएका छन् ।अहिले रेकर्ड गरिएको गीत पहिल्यै निर्माण भएको फिल्म ‘माइतीघर’कै ‘वसन्त नै बस्न खोज्छ यहाँ…’ को नयाँ संस्करण भनिएको छ ।

यसअघि यो गीत बलिउडकी प्रख्यात गायिका आशा भोसलेले गाएकी थिइन् । गीतमा संगीत जयदेव र शब्द किरण खरेलकै यथावत् छ । आइतबार मुम्बईस्थित नीरञ्जन स्टुडियोमा गीत रेकर्ड गरिएको हो । सञ्जीवनीले थुप्रै नेपाली गीत गाएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>