Breaking News

जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ: डा कोइराला

Banner

काठमाडौँ, चैत ४-

जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । सोमबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका हुन् ।

जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने कोइरालाले स्पष्ट पारे । ‘जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ’ उनले भने ‘जनताले नै चाहेको खण्डमा हामी के गर्न सक्छौँ ?’ डा कोइरालाले भने, यो १० वर्षको अवधिमा बागमतीमा धेरै पानी बगिसेकाले तत्कालै राजतन्त्र फर्किहाल्छ भन्ने आफूलाई नलागेको स्पष्ट पारे ।

डा कोइरालाले राजा फर्काउने विषयमा फ्रान्समा त चर्चा भइरहने उल्लेख गर्दै भने‘फ्रान्समा त अझै राजा फर्काउने चर्चा भइरहन्छ भने यहाँ प्रयास हुनु अनौठो हैन ।’ यस्तै राजाको बारेमा नेताहरूले बोलिरहनु जरुरी नरहेको समेत कोइरालाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>