Breaking News
रिहा भए प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम
०

हेटौंडा, चैत ३-
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।
उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ । पक्राउ परेका कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्वीर जलाएका थिए । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























