Breaking News
नेकपा एकीकृत समाजवादीले भोलि आन्दोलन घोषणा गर्ने
०

काठमाडौं, फागुन २९-
नेकपा एकीकृत समाजवादीले भोलि काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।
भोलि दिउँसो १२:३० बजे कार्की बैंक्वेट बबरमहलमा पत्रकार सम्मेलन राखिएको जनाएको छ।
सम्मेलनमा मुलुकको पछिल्लो राजनीति परिस्थितबारे विशेष घोषणा गर्ने तयारी छ। एकीकृत समाजवादीका अध्यक्षसहित शीर्ष नेताहरूको उपस्थितिमा हुनेछ। भोलि पार्टीको आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी छ। सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन नेकपा एसको निष्कर्ष छ।
त्यसो त यसअघि नै नेकपा एसले पार्टी निर्माणका लागि महासचिव घनश्याम भुसालको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको थियो।