Breaking News

चितवन काठमाडौंसहित देशभरका सात सहर अस्वस्थकर

Banner

चितवन, फागुन २९-

चितवनको भरतपुर, काठमाडौं उपत्यकासहित देशभरका सात सहर अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै आज (बिहीबार) भरतपुर, काठमाडौँसहित देशभरका सात सहर अस्वस्थकर बनेको हो ।

वातावरण विभागका अनुसार ललितपुरस्थित खुमलटार बिहीबार बिहान सर्वाधिक प्रदूषित बनेको छ । बिहीबार बिहान ११ बजे खुमलटारको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ । काठमाडौंको शंखपार्कको एक्यूआई १७० र रत्नपार्कको १६३ पुगेको छ । ललितपुरको भैँसेपाटी र भक्तपुर सल्लाघारीको एक्यूआई क्रमशः १६६ र १६४ छ । उपत्यकाबाहिर धनकुटाको १५२ र चितवनको भरतपुरको एक्यूआई १५१ पुगेको छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>