Breaking News
यो व्यवस्थालाई लिएर रिसाएका जनता फकाउनुपर्छः गगन थापा
०

काठमाडौं,फागुन २७-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाप्रति प्रतिवद्ध रहेको बताउँदै रिसाएका जनता फकाउनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संख्याको आधारमा कसैले पनि अहंकार राख्न नहुने बताए। ‘कांग्रेस पार्टीका तर्फबाट कहाँ ध्यानदिनुपर्छ त्यो नागरिक, जो रिसाएको छ, असन्तुष्ट छ, उनीहरूलाई फकाउन पर्छ भन्नेमान्छ,’ उनले भने।
आफूहरूले संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने भन्दै उनले संघीयताका विषयमा कांग्रेसप्रति शंका गर्न नपर्ने बताए। ‘कांग्रेस पहिलो पार्टी हो जसले पार्टीको पहिलो अधिवेशनबाट संघीयताको ढाँचामा लैजाने निर्णय लिएको हो। संवैधानिक प्रबन्धमा आइपुगेका हौं’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























