Breaking News

गणतन्त्र र संविधानलाई सुदृढ बनाउन एकीकृत समाजवादीले आन्दोलन गर्ने

Banner

काठमाडौं,फागुन २६-

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले गणतन्त्र र संविधान सुदृढीकरणका लागि दबाबमूलक आन्दोलन गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले आन्दोलनको रूपरेखा आगामी चैत १ गते सार्वजनिक गर्ने निर्णय गरेको हो । राजसंस्थाको समर्थनमा भइरहेका गतिविधि जनताको चाहनाविपरीत भन्दै समाजवादीले त्यसप्रति विरोध जनाएको छ। “अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरूद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधिहरू नेपाली जनताको चाहाना र भावनाविपरित छन् । यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकतावद्ध भएर अघि बढ्न आवश्षयक छ,” समाजवादीको निर्णयमा भनिएको छ ।

गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र रहेको भन्दै समाजसवादीले प्रतिगमानकारी कमदको विरोधका लागि सबै राजनीतिक पार्टी बौद्धिक जगत नागरिक समाज र आम जनसमुदाय एक ठाउँमा उभिनुपर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>