Breaking News

ओलीको कटाक्षः जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं

Banner

काठमाडौं, फागुन २६-

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरु नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले पूर्वराजाको स्वगतको क्रममा हिजो भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

गैसस महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>