मनोरञ्जन

चलचित्र ‘होस्टेल ३’को ओपनिङ उत्साहजनक, फिल्म हलमा दर्शकले घेरिए ‘कुल ब्वाय

Banner

काठमाडौं,फागुन २४-

न कुनै चर्चित अनुहार, बरु यसअघि चलेको हिट फिल्म श्रृंखला १ तरपनि ‘जेन-जी’ फिल्म ‘होस्टेल ३’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शनिबार बिहानसम्म फिल्मको देशब्यापी कमाइ झण्डै ५४ लाख रुपैयाँ ग्रस रहेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । डेढसय शोसहित प्रदर्शनमा आएको फिल्मको शनिबारीय कलेक्सन (सप्ताहन्तसम्म)को जोड्दा १ करोड पार गर्ने प्रक्षेपण गर्न सकिन्छ ।

वितरकले शुक्रवार देशभरका हलमा करिब ५०५ अकुपेन्सी रहेको बताएका छन् । कलाकार शनिबारदेखि दर्शक भेट्न हल हलमा पुगिरहेका छन् । फिल्मले समग्रमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । कलाकार पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पिएनसहित निर्देशक सशान कँडेल ‘सन्तोष’ पनि हलमा पुगिरहेका छन् । उनीहरूले दर्शकसँग प्रतिक्रिया लिँदै फोटो र भिडियो खिचाइरहेका छन् ।

निर्देशक कँडेलले डेब्यु निर्देशनमा दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘फिल्मले दुई दिनमै उत्साहजनक व्यापार गरेको छ । मेरो लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो । निर्मातमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी छन् । सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>