Breaking News

अब राजतन्त्र फर्किन सम्भव छैनः प्रधानमन्त्री

Banner

महोत्तरी, फागुन २२-

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले यूतो बताएका हुन् ।

उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए ।

ओलीले भने, ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।’ उनले औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताए ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको सो क्रममा बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>