मनोरञ्जन

अभिनेत्री गौरी मल्ललाई मातृशोक

Banner

काठमाडौं, फागुन २२-

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ ।

हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

अन्तिम श्रद्धाञ्जली दिन चलचित्र कलाकारहरू आर्यघाटमा पुग्ने क्रम जारी छ । हेमकुमारीका २ सन्तान छन्, जसमध्ये गौरी जेठी हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>