Breaking News

धुर्मुस-सुन्तलीविरुद्ध परेको मुद्दा अख्तियारको तामेलीमा, धुर्मुस भन्छन्- ‘क्लिन चिट’ पाएँ

Banner

चितवन,फागुन २१-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उठेको रकम दुरुपयोग गरेको आरोपमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) विरुद्ध परेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ ।

तीन वर्ष लामो अनुसन्धानपछि अख्तियारले फाउन्डेसनले प्राप्त सहयोग रकम प्रक्रियागत रूपमा खर्च गरेको ठहर गर्दै मुद्दा तामेलीमा राखेको हो । वाग्मती क्रिकेट संघका तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले २०७८ माघ २ गते धुर्मुस–सुन्तलीविरुद्ध अख्तियारमा उजुरी दिएका थिए । उनले फाउन्डेसनले संकलित चन्दा र सरकारी निकायबाट प्राप्त ५७ करोडभन्दा बढी रकम दुरुपयोग गरेको दाबी गरेका थिए । तर, अख्तियारको अनुसन्धानबाट फाउन्डेसनले कुनै अनियमितता नदेखिएको बताएको छ ।

“करिब तीन वर्षको अनुसन्धानपछि अख्तियारले मुद्दा तामेलीमा राखेको हो,” सितारामले भने, “लाज शरणम्को छायांकन भइरहेका बेला डोल्पाबाट बयानका लागि अख्तियार आउनु परेको थियो । तामेलीमा राख्नु भनेको क्लिन चिट पाएजस्तै हो ।” अन्य प्रमाण फेला परेको अवस्थामा भने तामेलीमा राखेको मुद्दामा पुनः अनुसन्धान हुने कानुनी प्रावधान छ ।

“निर्णय संख्या ७६७ बाट पछि थप प्रमाण फेला परेमा सोही बखत कानुनबमोजिम हुनेगरी हाललाई सो उजुरी तामेलीमा राखिएको व्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१३) बमोजिम सूचित गरिन्छ,” आयोगको पत्रमा उल्लेख छ, “तपसिलमा उल्लिखित व्यक्तिलाई समेत उक्त व्यहोरा सूचित गराई दिनुहुन अनुरोध गरिन्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>