अन्तर्राष्ट्रिय

१४औं सन्तानका पिता बने एलन मस्क, को हुन् बच्चाकी आमा ?

Banner

काठमाडौं, फागुन १८-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीसमेत रहेका विश्वका एक नम्बर धनाढ्य व्यक्ति एलन मस्कले १४ औं सन्तानको पिता बनेका छन् । पत्नी सिभोन जिलिसबाट उनलाई हालै पुत्रलाभ भएको छ ।

क्यानेडाली नागरिक तथा मस्कको कम्पनी न्यूरोलिंककी निर्देशक ३९ वर्षीया जिलिसले ट्विटर (एक्स)बाटै आफूहरुको पछिल्लो उपलब्धी सार्वजनिक गरेकी हुन् । उनले लेखेको पोस्टमा मस्कले रिप्लाइ गर्दै लभ इमोजी राखेका छन् । मस्क र जिलिसको यो चौथो सन्तान र दोस्रो छोरा हो । नवजात बच्चाको नाम सेल्डन लिकर्गुस राखिएको छ । बच्चाको जन्म कहिले भएको हो भन्ने जिलिसले खुलाएकी छैनन् ।

टेस्ला, एक्स तथा अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कका चार महिलाबाट १४ सन्तान छन् । पेज सिक्समा प्रकाशन भएको समाचारअनुसार मस्ककी पहिलो श्रीमती जस्टिन विल्सनबाट ६, पूर्वपे्रमिका ग्रिम्सबाट ३, जिलिसबाट ४ र लेखक एस्ली सेन्ट क्लेयरबाट एक सन्तान भएका छन् ।

सन् २०२१ को नोभेम्बरमा मस्क र जिलिसले आफूहरुलाई जुम्ल्याहा सन्तान प्राप्त भएको खुलासा गरेका थिए । त्यसको दुई सातापछि मात्रै मस्कले म्युजिसियन प्रेमिका ग्रीम्सबाट छोरी जन्माए । सरोगेट विधिबाट उनीहरुलाई पुत्रीलाभ भएको थियो । त्यसको तीन बर्षपछि २८ फेब्रुअरि २०२४ मा जिलिसबाटै तेस्रो सन्तानका रूपमा अर्की छोरी अर्काडिया जन्मिइन् । उनको पहिलो जन्मदिन मनाएलगत्तै जिलिसाले चौंथो सन्तान जन्माएकी हुन् ।

अझ रोचक के छ भने मस्क १३ औं सन्तानको बाबु बनेको ६ महिना पनि भएको छैन । लेखक पार्टनर एस्ली सेन्ट क्लेयरले गत फेबु्रअरी १४ मा मस्कसँगको सहकार्यमा पाँच महिना अगाडि आफूहरुले १३ औं सन्तान उत्पादन गरेको जानकारी एक्सबाट दिएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘पाँच महिना अगाडि मैले नयाँ बच्चालाई संसारमा स्वागत गरे । उसको पिता एलन मस्क हो । मैले हाम्रो बच्चाको गोपनियता र सुरक्षाका खातिर यो खबर सार्वजनिक गरेको थिइनँ ।’

सेन्ट क्लेयरका प्रतिनिधि ब्रायन ग्लीकलीचले एक्समा १५ फेबु्रुअरमा पोस्ट गर्दै लेखेका थिए, ‘एस्ले र एलनले केही समयदेखि बच्चा हुर्काउनका लागि आपसी सम्झौतामा काम गरिरहेका छन् । हामी एलनले एस्लेसितको सम्वन्ध र सन्तानप्राप्तिको सार्वजनिक स्वीकारोक्ति गर्ने प्रतिक्षामा छौं ।’

फेबु्रअरी २८ मा एक अदालतले मस्कलाई बच्चाको कस्टडीका विषयमा सुनवाइ गर्न मे २९ मा बोलाएको छ ।

मस्कलाई सन् २००२ मा पहिलो पत्नी जस्टिन विल्सनबाट पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको थियो । तर, १० वर्षकै उमेरमा उनीहरुले छोरा गुमाउनुपर्यो । त्यसपछि उनीहरुले थप पाँच सन्तान जन्माए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>