बलिउड/हलिउड

आलियाले इन्स्टाग्रामबाट हटाइन् छोरी राहाको सबै तस्बिर

Banner

काठमाडौं, फागुन १८-

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरकी छोरी राहा कपूर सामाजिक सञ्जालमा छाइरहन्छिन्।

आलियाकी छोरीको एक झलक हेर्न फ्यान उत्साहित हुन्छन्। तर आलियाले छोरी राहा कपूरको सबै तस्बिर आफ्नो इन्स्टाग्रामबाट हटाएकी छन्।

आलियाले सामाजिक सञ्जालबाट सबै तस्बिरहरू हटाएपछि फ्यानले प्रश्न गरिरहेका छन्। यस विषयमा आलियाले राहाको प्राइभेसीको कारण सबै तस्बिर हटाएको बताएकी छन्।

आलिया र रणवीरले पपाराजीलाई पनि राहाको तस्बिर नलिनलाई अनुरोध गरेका छन्। यसअघि करीना कपूर खानले सैफ अली खानमाथि भएको हमलापछि पपाराजीलाई छोराहरूको तस्बिर नलिन बताएकी थिइन्।

आलिया र करीनाको यस निर्णयमा फ्यानहरू साथ दिइरहेका छन्। आलिया र रणवीरकी छोरी राहा अहिले ३ वर्षकी छन्। तर उनको फ्यान फलोइङ निकै लोभ लाग्दो छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>