भिडियो

‘कमेडी दरबार’ मा देखिन थाले चर्चित हास्य अभिनेता मनोज गजुरेल

Banner

काठमाडौं, फागुन १८-

कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा चर्चित हास्य अभिनेता मनोज गजुरेलको प्रवेश भएको छ।

गत शुक्रबार प्रसारित एपिसोडबाट गजुरेल महाराजाको रूपमा कमेडी दरबारमा भित्रिए। शोमा यसअघि अभिनेता विजय बराललाई देख्दै आएका दर्शकले अब उनको ठाउँमा मनोजलाई देख्न पाउनेछन्।

कमेडी दरबार’का निर्देशक तथा होस्ट विक्की अगरवालले मनोजलाई स्वागत गरे।

त्यस्तै, होस्टमा शोका निर्देशक विक्की स्वयंम र सजिना खनाल भित्रिएका छन्। सजिना मिस सुप्रा नेसनल २०२४ की विजेता हुन्।

‘कमेडी दरबार’ को पछिल्लो एपिसोड फिल्म ‘अञ्जिला’ विशेष छ।

यो शो २६ एपिसोडपश्चात केही परिवर्तन भएर दर्शकमाझ आएको हो। शोलाई विक्की र श्रद्धा प्रसाईले निर्देशन गर्दै आएका छन्। शोमा महारानीको भूमिकामा भने गौरी मल्ल यथावत छिन्।

पर्फमरका रूपमा थुप्रै कलाकारहरूको प्रस्तुति रहँदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>