घटना -दुर्घटना

गायक विक्रम राईको निधन

Banner

काठमाडौं, फागुन १७-

गायक तथा संगीतकार विक्रम राइको असामयिक निधन भएको छ । आज बिहान राति करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । तर, के कारणले निधन भएको भन्ने पुष्टि भइसकेको छैन । पोस्टमार्टमका लागि राईलाई टिचिङ अस्पताल पुर्याइएको छ ।

राईले सुतेको ठाउँमै अचानक सास फेर्न छाडेपछि काठमाडौं, मोडेल अस्पताल बागबजार लगिएको थियो । अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेको पारिवारिक स्रोतले बतायो ।

३१ वर्षीय राई डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनी पहिलो नेपाल आइडल हुन् । राईले नेपाल आइडलको उपाधि जित्दा फ्रेन्चाइज नेपाल आइडल आइसकेको थिएन ।

खोटाङका स्थायी बासिन्दा रहेका राईले संगीत भरेको तथा गाएको गीतहरू संयौको संख्यामा छन् । ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिम्ले बाटो फेर्यौ अरे’ २ र ३, ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ (मेल भर्सन) लगायत गीतहरू चर्चित छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>