Breaking News

अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ: अध्यक्ष दाहाल

Banner

काठमाडौँ, फागुन १७-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सिरहाको औरही नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उहाँले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनाताको आर्थिक उन्नतीका लागि पहल लिन सहयोग अपेक्षा गर्नुभयो ।

लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकासका लागि आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरू गरेपछि योजना अघि बढेको स्मरण गर्नुभयो ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही–४ इँटाटारमा आज आयोजित कार्यक्रममा माओवादी पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले स्वागत गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>