Breaking News

चितवनमा डढेलो नियन्त्रणको लागि पूर्वतयारी गरिँदै

Banner

चितवन, फागुन १३-

चितवनमा डढेलो नियन्त्रणका लागि पूर्व तयारी थालिएको छ । डिभिजन वन कार्यालय, चितवनले गर्मी बढेसँगै वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक तयारी थालेको हो ।

कार्यालयले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको वन डिभिजन कार्यालय चितवनका वन अधिकृत देविप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकलाई समेत तयारी अवस्थामा राखिएको छ । यस्तै यस हप्तादेखि प्रहरी, ससस्त्र प्रहरीलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम प्रदान गरिनेसमेत उहाँले बताउनुभयो । डढेलो नियन्त्रणको स्रोतसाधनको व्यवस्था, पानी टयांकी, अग्नि रेखा निर्माण गर्ने काम भइरहेको छ ।

टिकौली जंगल,  विशालचोकबाट वन जाने सडक र लामाटोलबाट जंगलतिर जाने सडकतिर सरसफाई गरिने उहाँले बताउनुभयो । पौडेलले स्थानीय सरकार, प्रहरी, सरोकारवाला र वन डिभिजनका कर्मचारीबीच अन्तरक्रिया गरेर सञ्जाल बनाउने बताउनुभयो । यसबाट डढेलो नियन्त्रणका लागि सञ्चालन समेत बनाउने बताउनुभयो । यस्तै कार्यालयले डढेलो नियन्त्रणसम्बन्धी पोस्टर टास्ने, माइकिङ गरेर जानाकारी दिनेजस्ता तयारी गरिरहको छ ।

चितवनमा विशेष गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल, ठोरीमा, बाँदुरझुला क्षेत्रका वनमा अगोलागी हुने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>