Breaking News

मुग्लिनमा माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

Banner

चितवन, फागुन १३-

चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

सोमवार बेलुका ६ः३५ बजेको समयमा काठमाडौंबाट बेशिसहरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नम्बरको माईक्रोले स्थानीय ६५ वर्षीय सुकमाया गुरुङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी गुरुङलाई स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेज ल्याइएको थियो ।

सोमवार बेलुका ७ः५५ बजे चिकित्सकले गुरुङलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

प्रहरीले माईक्रो र चालक लम्जुङ बेशिशहर नगरपालिका–६ बस्ने वर्ष २२ को सुरज रावतलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>